व्यक्तिगत आवास लगायत सबै भवन तथा संरचनाको बिमा गराउन अध्ययन गर्ने सरकारको निर्णय


काठमाडौँ । सरकारले व्यक्तिगत आवास लगायत सबै भवन तथा संरचनाको बिमा गराउन अध्ययन गर्ने भएको छ ।

नेपाल भूकम्प,प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिम रहेको भन्दै व्यक्तित लगायत सबै भवन र संरचनाको बिमा गराउने निष्कर्षमा पुगेको हो ।

आज वसेको मन्पिरिषद बैठकले बिमा गराउनका लागि अध्ययन गरेर प्रतिवेदन पेश गर्न मुख्यसचिवलाई जिम्मा दिइएको छ ।

निर्णयमा,’नेपाल भूकम्प,प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले व्यक्तिगत आवासलगायत सबै भवन तथा संरचनाको बिमा गराउने सम्बन्धमा अभ्ययन गरी नेपाल सरकारको मुख्यसचिवले प्रतिवेदन पेश गर्ने’ भनिएको छ ।