मंसिर १० गतेदेखि आइपीओ जारी गर्दै नेपाल वेयरहाउजिङ


काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले प्राथमिक निष्काशन (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले यहि मंसिर १० गतेदेखि ११ लाख बढि कित्ता सेयर आइपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ ।

लगानीकर्ताले उक्त आइपीओमा मंसिर ९ गतेदेखि १३ गतेसम्म आवेदन दिन सकिनेछ । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी एन्फोमेरिक्स क्रेडिट लिमिटेडले आइपीओलाई आइआरएन बीबी माइनस रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्छ ।