एमाले कोशी प्रदेशको जनसङ्गठन समन्वय संयन्त्र प्रमुखमा बाबुराम थापा


काठमाडौँ । नेकपा एमाले कोशी प्रदेशको जनसङ्गठन समन्वय संयन्त्र प्रमुखमा बाबुराम थापाले जिम्मेवारी पाएका छन् ।

अखिल नेपाल किसान महासंघको केन्द्रीय महासचिव समेत रहेका थापाले संयन्त्र प्रमुखको जिम्मेवारी पाएका हुन् ।

कोशी प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकले थापालाई प्रमुखको जिम्मेवारी दिएको हो । यस्तै कोशी प्रदेश उर्जा विभाग प्रमुखको जिम्मेवारी मोहन डाँगीले पाएका छन् ।