चाँदीको मूल्य बढ्यो, सुन घट्यो


काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार शुक्रबार छापावाला सुनको मुल्य तोलामा २०० रुपैयाँले घटेर तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मकूल्य भने बढेको छ । बिहिबार तोलाको १४४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबार तोलामा ५ रुपैयाँ बढेर तोलाको १४५० रुपैयाँमा कारोबार भइरहेको छ ।