नौ ओटा विकास ऋणपत्र नेप्सेमा सूचिकृत


काठमाडौं । नेपाल सरकारको नौ ओटा विकास ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा शुक्रबार सूचीकृत भएका छन् ।

सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकद्वारा निष्कासन गरिएको विकास ऋणपत्र सूचीकृत भएको हो ।नेप्सेमा सूचीकृत भएको विकास ऋणपत्रमा ६ वर्षे अवधि २०८६ ‘ज’, २०८६ ‘झ’ , २०८६ ‘ट’, २०८६ ‘ञ’ र २०८६ ‘ठ’ छन्। त्यस्तै ५ वर्षे अवधि २०८५ ‘ञ’र ८ वर्षे अवधि २०८८ ‘ग’, २०८८‘ङ’ र २०८८ ‘घ’ रहेका छन् ।

यी सबै ऋणपत्रहरुको वार्षिक ब्याजदर ७ प्रतिशत छ । गत भदौ ११ गतेदेखि असोज २६ गतेसम्म निष्कासन भएका विकास ऋणपत्रहरु नेप्सेमा सूचीकृत भएका हुन् ।