एनआईसी एशिया लघुवित्तले लाभांश घोषणा सहित बोलायो साधारणसभा


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

गत कात्तिक १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कर प्रयोजनका लागि समेत गरेर १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँ रहेको छ ।

त्यस्तै मंसिर ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लाभांश पारित गर्ने उद्देश्य सहित साधारणसभा बोलाएको छ । बैठकले आगामी पुस ६ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।

गत मंसिर ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गोर्खा होटल, धरान, सुनसरीमा विहान ९ बजे सभा गर्ने निर्णय गरेको हो । साभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रादान गर्नेछ ।

कम्पनीले सभा प्रयोजनका लागि आगामी मंसिर २५ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर २४ गतेसम्म सेयर खरिद गरेका सेयरधनीले वार्षिक साधारणसभामा भाग लिन पाउने भएका छन् ।