काठमाडौं महानगरपालिकाद्धारा ४ महिनामा करिब २.९२ अर्ब रुपैयाँ राजश्व संकलन


काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चार महिनामा झण्डै ३ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ ।

महानगरपालिकाका अनुसार गत साउन भदौ, असोज र कात्तिक महिनामा २ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन भएको छ ।

महानगरपालिकाले लक्ष्यको २७.११ प्रतिशत राजस्व संकलन गरेको राजश्व विभाग प्रमुख धु्रवकुमार काफ्लेले जानकारी दिए ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षमा १० अर्ब ८० करोड ७८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।

गएको वर्ष यस अवधिमा २६ दशमलव ४९ प्रतिशत राजस्व उठेको थियो । त्यो वर्ष १० अर्व ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख रुपैयाँ संकलन भएको थियो ।

गएको वर्ष यस अवधिमा २६.४९ प्रतिशत राजस्व उठेको थियो। त्यो वर्ष १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार रुपैयाँ लक्ष्य राखेकोमा २ अर्ब ७५ करोड ९८ लाख ६४ हजार ५६५ रुपैयाँ संकलन भएको थियो।

यसमा २० लाख रुपैयाँ वार्षिक लक्ष्य राखिएको थियो । १ अर्ब ५० करोड लक्ष्य राखिएको सम्पत्ति करमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ २७.९१ प्रतिशत राजस्व संकलन भएको छ। गएको वर्ष यो शीर्षकमा १ अर्ब लक्ष्य राखिएको थियो।

पहिलो चौमासिकमा ५२ करोड ४७ लाख ८० हजार ८४ रुपैयाँ ५२.४८ प्रतिशत राजस्व उठेको थियो। यस वर्ष २ अर्ब ६६ करोड लक्ष्य राखिएको घर बहाल करमा ८१ करोड ९२ लाख ५१ हजार ८३७ रुपैयाँ ३०.८० प्रतिशत राजस्व संकलन भएको छ। यही शीर्षकमा गएको वर्ष २ अर्ब लक्ष्य राखिएको थियो। यस अवधिमा लक्ष्यको ३९.१९ प्रतिशत अर्थात् ७८ करोड ३७ लाख ५ हजार १५३ रुपैयाँ संकलन भएको थियो।

यस वर्ष १ अर्ब २० करोड लक्ष्य राखिएको घरजग्गा रजिष्ट्रेसन दस्तुरमा १० करोड ९२ लाख ५५ हजार ९९१ रुपैयाँ ९.१० प्रतित राजस्व संकलन भएको छ। यस शीर्षकमा गएको वर्ष २ अर्ब ५० करोड रुपैयाँ लक्ष्य राखिएको थियो। यस शीर्षकमा पहिलो चौमासिक अवधिमा ११ करोड ६८ लाख ३५ हजार ४८६ रुपैयाँ ४.६७प्रतिशत राजस्व संकलन भएको थियो।

सशर्त अनुदान चालुतर्फ १ अर्ब ४२ करोड ६७ लाख ४६ हजार रुपैयाँ र ससर्त अनुदान पुँजीगततर्फ २९ करोड ५० लाख रुपैयाँ लक्ष्य राखिएको छ। यी शीर्षकमा क्रमशः ३५ करोड ६६ लाख ११ हजार ५ सय रुपैयाँ ९२४।९९५० र ७३ लाख ७५ हजार रुपैयाँ ९२५।००५० प्राप्त भएको छ।

गत वर्ष यी शीर्षकमध्ये चालुतर्फ १ अर्ब २८ करोड ९६ लाख ६ हजार रुपैयाँ र पुँजीगतर्फ २४ करोड १० लाख रुपैयाँ लक्ष्य राखिएको थियो। सरकारबाट यी दुवै शीर्षकमा एकमुष्ठ ४० करोड १० लाख ११ हजार ५५० रुपैयाँ प्राप्त भयो। यसकारण गएको वर्ष हामीले चालु र पुँजीगत छुट्याउन सकिएको छैन। राजस्व विभागका प्रमुख काफ्लेले यस वर्षदेखि छुट्याएर पठाउन थालिएको बताए।

पर्यटन शुल्क १० करोड लक्ष्य राखिएकोमा ५ करोड ९१ लाख ११ हजार ५ सय ५९.११ प्रतिशत २ करोड ५० लाख रुपैयाँ बेरुजु फर्छ्योट गर्ने लक्ष्य राखिएकोमा १ करोड ३४ लाख ७८ हजार ९९७ रुपैयाँ ५३.९२ प्रतिशत अन्य बिक्रीबाट ५० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा ५० लाख ९६ हजार ५ सय रुपैयाँ १०१.९३ प्रतिशत राजस्व संकलन भएको छ।

नाता प्रमाणित दस्तुरमा ३५.४८ प्रतिशत, प्रशासनिक दण्ड जरिवाना र जफतमा ३७.८८प्रतिशत, व्यवसाय रजिष्ट्रेसन दस्तुरमा ३०.७२प्रतिशत लक्ष्य प्राप्त भएको छ। यी शीर्षकमा क्रमशः ५० लाख रुपैयाँ, २ करोड रुपैयाँ र ७१ करोड रुपैयाँ प्राप्त हुने लक्ष्य राखिएको थियो भने १७ लाख ७४ हजार रुपैयाँ, ७५ लाख ७६ हजार ४३ रुपैयाँ र २१ करोड ८१ लाख ४५ हजार २२९ रुपैयाँ प्राप्त भएको छ।

बाँडफाँडबाट प्राप्त हुने बिज्ञापन करबाट लक्ष्यको ४.९५ प्रतिशत अर्थात् ३९ लाख ५७ हजार १८७ रुपैयाँ प्राप्त भएको छ। यस शीर्षकमा गएको आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एउटै अंक ८ करोड रुपैयाँ लक्ष्य राखिएको छ ।