सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर प्रतितोला एक लाख १७ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १६ हजार ८५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलाको १४८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज सोमबार तोलामा १५ रुपैयाँ बढेर तोलाको १५०० रुपैयाँ रहेको छ ।