आईसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभबाट नेशनल लाईफलाई सम्मान


काठमाडौँ । यही मंसिर ७ गते इण्डियन च्याम्वर अफ कमर्शद्धारा आयोजित चौथों आइ सी सी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ ।

भारतको मुम्वई स्थित ताज ल्याण्ड्स इण्ड होटलमा सम्पन्न समारोहमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जिवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीहरुलाई सम्मानित गरेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी “ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्ड” बाट सम्मानित भएको हो । विश्वकै प्रतिष्ठित पिडब्लुसीले एशियाका बीमा कम्पनीहरुको कार्य सम्पादन मूल्यांकन लगायतका अन्य विधिहरुलाई स्वतन्त्र मूल्यांकन गरी तयार गरेको रिपोर्टको आधारमा कम्पनीलाई सम्मानित गरेको जनाएको छ ।

कम्पनीका सहायक महा प्रवन्धक प्रज्वल सायमीले उक्त सम्मान ग्रहण गरेका थिए ।