एनसेलको स्वामित्व बेच्ने एक्जियटाकाे निर्णय


काठमाडौं । मलेसियन दूरसञ्चार कम्पनी एक्जियटा नेपालबाट लगानी झिक्ने निर्णय गरेको छ । एनसेलबाट बाहिरिने उद्देश्यका साथ एक्जियटा बर्हार्डले बुधबार एक विज्ञप्ती जारी गर्दै सम्पत्ति बिक्रीमा रहेकोे जनाएको छ ।

कम्पनी स्रोतका अनुसार एक्जियाटाले बिक्री गर्ने सेयर नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यले किन्ने तय भएको छ ।

हाल एनसेलमा आचार्यद्वयको २० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले एक्जियटालाई १ अर्ब ३० करोड मलेसियन रिंगिट खुद घाटा रहेको विज्ञप्तिमा उल्लेख छ ।

नियामक निकायलाई नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको जानकारी गराउँदै सोहि निर्णय अनुसार एनसेललाई बिक्रीमा राखेको कम्पनीले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

८ वर्ष अगाडी एक्जियटाले टेलियासोनेराबाट एनसेलको सेयर किनेको थियो। एक्जियटासँग एनसेलको ८० प्रतिशत सेयर रहेको छ ।