१०० प्रतिशत हकप्रद सेयर जारी गर्दै युनाइटेड मोदी हाइड्रोपावर


काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीको गत मंसिर १३ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।

कम्पनीले आफ्नो उद्देश्य बमोजिम जलविद्युत आयोजनामा लगानी गर्न हाल कायम चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव अघि सारेको हो ।

नियामक निकायबाट स्वीकृति भएपछि कम्पनीले आगामी साधारण सभामा उक्त प्रस्ताव पेश गर्नेछ । सभाबाट पारित भएपछि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले अहिले दुई वटा आयोजना सञ्चालन गरिरहेको छ । १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत परियोजना र दोस्रो १०.५ मेगावाटको तल्लो मोदी–२ जलविद्युत् परियोजना रहेका छन् ।