काठमाडौँ । नेपाली बजारमा आज आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला एक हजार ८०० रुपैयाँले बढेर तोलाको एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै आज तेजावी सुन तोलाको एक लाख २० हजार २०० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेर तोलाको १५४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाला सुन तोलाको एक लाख १९ हजार र चाँदी १५४० रुपैयाँमा कारोबार भएको थियो ।

 
                            

                    
प्रतिक्रिया दिनुहोस्