घट्यो सुन, यस्तो छ आजको मूल्य


काठमाडौँ । आज बुधवार पनि सुनचाँदी बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार मंगलबार तोला २४०० रुपैयाँले घटेको छापावाला सुनको मूल्य आज बिहिबार पनि तोलामा ८०० रुपैयाँ घटेर तोलाको एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको १४८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाला सुनको मूल्य तोलाको एक लाख १९ हजार २०० र चाँदी तोलाको १५०० रुपैयाँमा कारोबार भएको थियो ।