छानविनको लागि एनसेलको सीइओलाई बोलाउनुपर्छ : वाग्ले


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले एनसेल ब्रिकी प्रकरणमाथि छानविन गर्न एनसेलको सीईओलाई बोलाउनुपर्ने माग गरेका छन् ।

एनसेलको सेयर खरिद ब्रिकीमा अनियमितता गरेको आंशकापछि अर्थ समितिले छलफलको लागि बोलाएको थियो । उनले अर्थ समितिमा बोल्दै समितिले एनसेलको सीईओलाई नै पत्र काटेर छलफलमा बोलाउन माग गरेका छन् ।

आजियटाका ग्रुप चिफ एक्जिक्युटिभ अफिसर विवेक सुदले नोभेम्बर २९,२०२३ मा जारी गरेको विज्ञप्तिमा नेपालमा लगानी चुनौतीपूर्ण रहेको भन्दै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता परेको उल्लेख गरेको छ ।

देशमा लगानीको विश्वसनियतामाथी प्रश्न उठ्ने भन्दै वाग्लेले भने देशलाई प्रगतिको बाटोमा लाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहोल बनाउनुपर्ने दस्तावेजहरुले बोल्छ, निर्यात प्रवद्र्धन र प्रविधि हस्तानतरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउने हो भने ठूलो महत्व रहेको छ ।

बैठकमा वाग्लेले लगानी बोर्डका सीईओ, अर्थमन्त्री, टेलिकमका अधिकारी, एनसेलको नेपाली साझेदारलाई पनि सँगै बोलाएर बृहत छलफल गर्नुपर्ने माग गरेका छन् ।