त्रिभुवन विमानस्थलमा ६ केजी सुनसहित इजिप्टका नागरिक प्रकाउ


काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले ६ किलो सुन बरामद गरेको छ । शनिबार राति भन्सार कार्यालयले ६ किलो सुन बरामद गरेको हो ।

शनिबार राति फ्लाइ दुबईबाट काठमाडौं आएका विदेशी नागरिकलाई प्रहरीले ६ केजी सुनसहित पक्राउ गरेको हो । प्रकाउ पर्ने व्यक्ति इजिप्टका नागरिक सरिफ मोहमद लासिम रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए ।

उनीसँग थप दुई जना सुडानी नागरिकहरुलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई गौशाला प्रहरी वृत्त लगिएको छ । यसअघि बिहीबार राति पनि विमानस्थलबाटै १४ किलो सुन सहित २ जना प्रकाउ परेका थिए ।