रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्र


काठमाडौँ । रोयल इनफिल्डको ‘हन्टर ब्रेकफास्ट राइड’ सम्पन्र भएकाे छ ।

रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो राइड कार्यक्रम आयोजना गरेको बताएको छ ।

यसको मुख्य उद्देश्य सडक सुरक्षा सचेतना, सिस्टमेटिक राइडलाई प्रवद्र्धन गर्नु र विभिन्न स्थानको संरक्षण एवं प्रवद्र्धन गर्नु समेत रहेको थियो ।

गत शनिबार सम्पन्न सो राइडमा ४१ वटा रोयल इन्फिल्डका हन्टर मोटरसाइकल राइडर्स सहभागी भएका थिए ।

विहान ७ः३० बजे रोयल इनफिल्डको शोरूम नक्सालबाट सुरु भएको सो राइड दरबार मार्ग, शहिदगेट, त्रिपुरेश्वर, कालिमाटी, सोल्टिमोड, कंलकी हुँदै कालुपाण्डे हिल सम्म पुगेर समापन भएको थियो ।

राइडरहरुले ब्रेकफास्टका साथ एक अर्कामा अन्तरक्रिया गर्नुका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए ।