१० कित्ते नीति पुनरावलोकन गर्न बोर्डले बनायो अध्ययन समिति


काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन (आईपीओ) मा १० कित्ते नीति पुनरावलोकन गर्ने भएको छ । गत गत शुक्रबार बसेको बोर्ड सञ्चालक समितिले प्रविण कुमार झाको संयोजकत्वमा चार सदस्यीय अध्ययन समिति गठन गरेको हो ।

समितिमा झोलानाथ ढुंगाना, मुक्तिनाथ श्रेष्ठ र अम्बिका प्रसाद गिरी रहेका छन् ।

उक्त समितिले धितोपत्र बजारमा १० कित्ते नीतिले ल्याएको परिवर्तन, यसको सबल र दुर्बल पक्षको अध्ययन गर्ने बाेर्डले जनाएकाे छ ।

उक्त समितिले दिएको प्रतिवेदनका आधारमा आईपीओमा रहेको १० कित्ते नीति पुनरावलोकन हुने बोर्डको भनाई छ ।