लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा


काठमाडौं । लक्ष्मी सनराइज बैंकले लाभांश घोषण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद् मुनाफाबाट आफ्ना सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरि कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।