१० कित्ते नीति खारेजी गर्न खोजिएको होइन : रमेश हमाल


काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले १० कित्ते नीति विषयमा प्रष्ट पारेका छन् । नबिल स्टक डिलरको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष हमालले विभिन्न सञ्चारमाध्याममा आएको १० कित्ते नीति खारेजी समाचारमा सत्यता नभएको प्रष्ट पारेका छन् ।

केही व्यक्ति, समाज सञ्चारमाध्यामले १० कित्ते नीति हटाउन बोर्डले अध्ययन समिति गठन गरेको भनेर निर्णय गर्दिए हमालले भने ‘ यििद हटाउनु नै थियो भने ल्याएको किन त ? हामीले उक्त नीतिले गरेका सकरात्मक प्रभाव के हुन ?, नकरात्मक प्रभाव के हुन भनेर अध्ययन गर्न समिति गठन गरिएको हो ।

बजारलाई सकारात्मक प्रभाव पारेको नीति पुनरवलोकन गरेर थप प्रभावकारी बनाउनको लागि अध्ययन समिति गठन गरेको दावी गरे ।

१० कित्ते नीतिका कारण धेरै लगानीकर्ता धितोपत्र बजारमा जोडिए पनि लाखौं हितग्राही खाता निष्क्रिय रहेको अवस्थालाई पनि बोर्डले ध्यानमा राखेको हमालले बताए ।