सुनचाँदीको मूल्य घट्यो


काठमाडौँ । आइतबार सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघले जारी गरेको विवरण अनुसार छापावाला सुनको मूल्य तोलामा १३०० रुपैयाँ घटेर तोलाको एक लाख १७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुन तोलाको एक लाख १७ हजार २५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

महासंघले जारी गरेको विवरणमा आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । गत शुक्रबार १४७० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य आज आइतबार तोलामा १५ रुपैयाँ घटेर तोलाको १४५५ रुपैयाँ ताकिएको छ ।