नेप्से २७ अंकले बढ्यो, कारोबार रकम ५ अर्ब माथि


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ अंकमा पुगेको छ ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ परिसूचक पनि ४.७० अंकले बढेर ३८१.०७ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य घटेको छ भने बाँकी १० वटा उपसमुहको सेयरमूल्य बढेको छ ।

आइतबार कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी अग्रस्थानमा रहेको छ ।

कम्पनीको २५ करोड १२ लाख ९० हजार ७ सय ४६ रुपैयाँको कारोबार भएको छ । आजको दिन नेप्सेमा ११ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कुल २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४ सय ६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९ सय ७९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।