काठमाडौं । नेपालको धितोपत्र बजारको कुल पुँजीकरण २०८३ असोज मसान्तसम्ममा ४५ खर्ब ३४ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बजार पुँजीकरण ४१ खर्ब ५७ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एक वर्षको अवधिमा धितोपत्र बजारको पुँजीकरण ३ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँले बढेको छ ।
यद्यपि, कुल गार्हस्थ्य उत्पादन ९जीडीपी० मा बजार पुँजीकरणको अनुपात भने घटेको छ । २०८२ असोज मसान्तमा जीडीपीको ६८.७० प्रतिशत रहेको यस्तो अनुपात २०८३ असोज मसान्तमा ६७।०६ प्रतिशतमा झरेको छ ।
यसैबीच, नेपाल स्टक एक्सचेन्ज नेप्से मा सूचीकृत कम्पनीहरूको संख्या पनि बढेको छ । २०८३ असोज मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या ३०५ पुगेको छ । अघिल्लो वर्षको असोज मसान्तमा यस्तो संख्या २७६ थियो ।
सूचीकृत कम्पनीमध्ये सबैभन्दा बढी १३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यस्तै, ११२ जलविद्युत् कम्पनी, ३१ उत्पादन तथा प्रशोधन उद्योग, ९ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका कम्पनी सूचीकृत छन् ।
बजार पुँजीकरणमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा सबैभन्दा बढी ५२.६ प्रतिशत रहेको छ । जलविद्युत् कम्पनीको हिस्सा १७।५ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ८.६ प्रतिशत र लगानी कम्पनीको ६.६ प्रतिशत रहेको छ ।
त्यसैगरी, व्यापारिक संस्थाको हिस्सा ३.९ प्रतिशत, होटलको ३ प्रतिशत र अन्य समूहका कम्पनीको हिस्सा ७.७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
नेप्सेमा सूचीकृत ९ अर्ब ६१ करोड कित्ता सेयरको चुक्ता मूल्य २०८३ असोज मसान्तमा ९५४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा थप १६ अर्ब ३६ करोड रुपैयाँ बराबरका धितोपत्र नेप्सेमा सूचीकृत भएका छन् ।
यस अवधिमा १३ अर्ब ४९ करोड रुपैयाँ बराबरको साधारण सेयर, १ अर्ब ८२ करोड रुपैयाँ बराबरको बोनस सेयर, २३ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ८२ करोड रुपैयाँ बराबरका अन्य धितोपत्र (मर्जरपश्चात्) सूचीकृत भएका हुन् ।
यस्तै, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल १७ अर्ब ६२ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
बोर्डले ८ अर्ब ८ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १ अर्ब २० करोड रुपैयाँ बराबरको डिबेन्चर र ८८ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्काशनका लागि अनुमति दिएको हो ।
समग्रमा, नेप्सेमा सूचीकृत कम्पनीको संख्या र बजार पुँजीकरण बढ्दै गए पनि कुल गार्हस्थ्य उत्पादनको तुलनामा बजार पुँजीकरणको अनुपात भने घटेको देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्