रुरु जलविद्युत परियोजनाको लाभांश घोषणा


काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट नगद लाभांश मात्रै वितरण गर्ने घोषणा गरेको छ ।

पुस १ गते (हिजो) बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको कर प्रयोजनसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । साथै समितिले कम्पनीको १८ औं वार्षिक साधारण सभा गर्ने निर्णय समेत गरेको छ ।

पुस २५ गते बिहान १०ः३० बजे काठमाण्डौको नक्सालस्थित लिसरा रिसेप्सनमा आह्वान गरिएको साधारणसभामा लाभांशसम्बन्धी प्रस्ताव अनुमोदनका लागि पेश गरिने कम्पनीले जनाएको छ ।

साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीलाई लाभांश वितरण गरिने कम्पनीले जनाएको छ ।

साधारणसभा प्रयोजनका लागि पुस १७ गते मंगलबारका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।यसर्थ लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पुस १६ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।