नेप्से ३८ अंकले बढ्दा झण्डै ७ अर्बको कारोबार


काठमाडौं । साताको कारोबारको दोस्रो दिन पनि सेयरबजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ अंकमा पुगेको छ ।
आजको दिन नेप्सेमा कारोबार भएका १३ उपसमुहमध्ये हाइड्रोपावर उपसमुह बाहेक १२ वटा उपसम्ुहको सेयरमूल्य बढेको छ ।
सोमबार कारोबार रकमका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको २६ करोड २६ लाख ७४ हजार ४ सय ७२ रुपैयाँको कारोबार भएको छ ।
आज पनि नेप्सेमा ६ कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । ६ ओटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।
कुल ३०५ कम्पनीको २ करोड १४ लाख ९७ हजार ६ सय १९ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार ५ सय ६५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।