१०० प्रतिशत हकप्रद सेयर जारी गर्दैै सगरमाथा जलविद्युत


काठमाडौं । सगरमाथा जलविद्युत् कम्पनीले शत प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ ।

कम्पनीले यहि पुस २५ गते कुण्डलिनी दरबार व्यांक्वेट चण्डोल काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु हुने गरी साधारण सभा बोलाएको हो ।

सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब तथा कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने विषयमा पनि छलफल हुने जनाइएको छ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, पुस ११ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन पाउनेछन् ।