नेप्से २१ सय अंक माथि, कारोबार रकम ५.९८ अर्ब


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा हरियाली कायमै रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सेयर मापक सूचक नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको कुल १३ उपसमुहमध्ये सबै उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३७ करोड ४३ लाख ४८ लाख २०२ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा ९ वटा कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

कुल ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १ सय ७५ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।