काठमाडौँ । स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतले बसौलालाई निलम्बन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
न्यायाधीस हरिप्रसाद फुयाल र सुनिलकुमार पोखरेलको इजलासले बसैलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न भनेको हो । मन्त्रिपरिषद बैठकले असोज २४ गते निलम्बन गरेको थियो ।
बसौलाको निलम्बनसँगै सञ्चालक समितिका ५ सदस्यले समेत राजीनामा दिएका थिए ।
अन्तरिम आदेश पछि डा. बसौलाले आफूलाई न्याय भएको बताए । उनले भने, “अदालतले मलाई न्याय दिएको छ र मैले आफ्नो जिम्मेवारी पुरा गर्ने अवसर पाएको छु ।”
प्रतिक्रिया दिनुहोस्