बलेफी हाइड्रोपावरले नदिने भयो लाभांश


काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । हाइ«ोपावरले आर्थिक वर्ष २०७९–८० बाट लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले लाभांश वितरणको प्रस्ताव नराखि सभा डाकेको हो । कम्पनीले वार्षिक साधारण सभा २०८० माघ १० गते आह्वान गरेको छ ।

कम्पनीले सभामा १ः१ को अनुपातमा हहकप्रद सेयर जारी गर्ने सम्बन्धमा छलफल गर्ने जनाएको छ ।