राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । मलेसियाको क्वालालम्पुरमा पार्टीसम्बद्ध प्रवासी नेपालीको निमन्त्रणामा उनी गएराति मलेसिया गएका हुन् ।

लिङ्देन मलेसियामा हुने समाजको भेलालाई सम्बोधन गर्ने र त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

उनी जनवरी ६ तारिखमा किराँत याक्थुङ चुम्लुङको आयोजनामा हुने कार्यक्रममा सहभागी हुनेछन् । जनवरी ७ मा होटल ग्राण्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलामा लिङ्देन सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

मलेसिया जानु अघि अध्यक्ष लिङ्देनले पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन् ।