रिडी ग्रुपको अध्यक्षमा मानबहादुर बुढा चयन


काठमाडौँ । रिडी ग्रुपको अध्यक्षमा मानबहादुर बुढा पुनः दोहोरिएका छन् ।

ललितपुरमा शनिबार भएको छैठौं वार्षिक साधारण सभाबाट बुढा थप चार वर्षका लागि अध्यक्ष चयन भएका हुन् ।

साधारण सभाले आगामी चार वर्षको लागि यस अघिकै सञ्चालक समिति सर्वसम्मतरुपमा दाेहोराएको ग्रुपले जनाएको छ ।

प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरको प्रमुख अतिथ्यतामा रिडी ग्रुपले साधारण सभा सम्पन्न गरेको हो ।

रिडी ग्रुपले पर्यटन,कृषि, शिक्षा, उर्जा, स्वास्थ्य, वित्तिय क्षेत्र, प्रविधि, मिडिया, घरजग्गा, तथा उद्योगहरूमा लगानी गर्ने लक्ष्य राखेको छ ।

तत्कालिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले २०७६ साल जेठ २३ गते रिडी ग्रुपको उद्घाटन गरेका थिए ।