नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । मंगलबार बिहान खनालले सञ्चारमन्त्री रेखा शर्मासमक्ष बुधबार (भोली)देखि लागू हुने गरी राजीनामापत्र बुझाएको स्रोतले जनाएको छ ।

उनको कार्यकालमा अघि बढेका मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस), टेरामक्सलगायतका प्रणाली खरिदमा अनियमितता भएको भन्दै प्रश्न उठेको छ । आगामी साउन पहिलो सातासम्म कार्याकाल रहेका खनाल अख्तियार र संसदीय समितिले छानबिन तानिएपछि प्राधिकरणबाट राजीनामा दिएका हुन् ।