धौलागिरी लघुवित्तले रद्द गर्‍यो लाभांश दिने निर्णय


काठमाडौँ । धौलागिरी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट दिने लाभांश रद्द गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश रद्द गरेको हो ।

लघुवित्तको गत कार्तिक २२ गते बसेको संचालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । पुष २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

साथै, सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।