काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पदपूर्तिका लागि आवेदन मागेको छ ।
कम्पनीले शुक्रबार सूचना जारी गरी नवौँदेखि चौथो तहसम्मका रिक्त पदमा आवेदन मागेको हो । कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ ।
आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना मार्फत आवेदन माग गरिएको छ । जसअनुसार जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्धारा हुने बढुवाका लागि ५ जनाका लागि आवदेन खुलाइएको छ ।
कार्यक्षमता मूल्याङ्कनद्धारा हुने बढुवाका लागि १५ जना तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाका लागि ७ जनाको आवेदन मागिएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि भने ६० जनाको आवेदन मागिएको छ ।
उक्त पदमा इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्