गोर्खाज फाइनान्सको मुनाफा ८१ प्रतिशतले बढ्यो


काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको खुद मुनाफा ८१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद मुनाफा १२ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

यो गत वर्षको यसै अवधिमा तुलनामा ८१.०८ प्रतिशतले धेरै हो। गत वर्ष सोही अवधिमा कम्पनीले ६ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी ५.४७ प्रतिशतले बढेर १८ करोड ३० लाख रुपैयाँ पुगेको छ ।

यता, सञ्चालन नाफा १९ करोड ७६ लाख रुपैयाँ पुगेको छ भने खराब कर्जा दर ६.७६ प्रतिशत विन्दुबाट बढेर १३.७३ प्रतिशतमा पुगेको छ ।

हाल यसको चुक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब २ करोड रुपैयाँ जम्मा रहेको छ ।

कम्पनीको इपीएस २८ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ भने १६० रुपैयाँ ५९ पैसा रहेको छ ।