नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न समिति गठन


काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्जको आवश्यकताबारे अध्ययन गर्न एक समितति बनाएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न समिति बनाएको हो।

सरकारले अध्ययन समितिको संयोजकमा नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई तोकेको छ। शिवाकोटी नेतृत्वको समिति तीन सदस्यी हुने सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।

उक्त समितिमा एक चार्टर्ड एकाउन्टेन्ट र एक कानुन व्यवसायी रहने छन् । संचार मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने संगठित संस्थासम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्ताणि शिवाकोटीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गर्ने निर्णय भएको जानकारी दिएकी हुन्।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रस्ताव मन्त्रिपरिषदमा पुगेपछि सरकारले यसबारे अध्ययन गर्न समिति गठन गरेको हो। बोर्डले नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिने बाटो खुलाईदिन सरकारलाई पत्र लेखेको थियो ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लागि आवेदन खुलाएर आवेदन समेत लिइसकेको छ। नयाँ स्टक एक्सच्नेजको लागि हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जको आवेदन परेको छ।