आइपीओ जारी गर्ने उद्देश्य सहित गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा


काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको माघ १४ गते बसेको सञ्चालक समितिको बैठकले आइपीओ निष्काशन गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो ।

सभा आगामी फागुन ६ गते विराटनगरमा रहेको होटल एअरपोर्टमा दिउँसो १ बजेदेखि सुरु हुने कम्पनीले जनाएकाे छ ।

उक्त सभामा आईपीओ निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । आईपीओ जारी पश्चात उक्त पूँजीको उपयोग बारे प्रस्ताव पारित गरिनेछ ।

यस्तै,अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७९र८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको वासलात,नगद प्रवाह विवरण लगायतका अन्य वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै सञ्चालक समितिको गठन तथा स्वतन्त्र विज्ञ सञ्चालको निर्वाचनको प्रस्ताव समेत पारित गरिनेछ ।