लाभांश नदिने घोषणा गर्दै सान्जेन जलविद्युतले बोलायो साधारण सभा


काठमाडौं । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश नदिने घोषणा गरेको हो ।

त्यस्तै बैठकले आगामी चैत ५ गतेका लागि कम्पनीको १३ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

बैठकले उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनुका साथै सर्वसाधारण सेयरधनी समूह ख को प्रतिनिधित्व गर्ने १ जना महिलासहित २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्ने जनाएको छ ।