कृषि विकास बैंकको साधारणसभा फागुन ३० गते


काठमाडौँ । कृषि विकास बैंकले आफ्नो सत्रौँ वार्षिक साधारणसभा फागुन ३० गते आह्वान गरेको छ।

सोमबार बसेको सञ्चालक समिति बैठकले वार्षिक साधारणसभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम केन्द्रमा बिहान ११ बजेबाट गर्ने तय गरेको हो।

प्रस्तावमा आर्थिक वर्ष २०७९ ८० को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने एजेण्डा छैन । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्ने जनाएको छ ।

फागुन १७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुमात्रै बैंकको वार्षिक साधारणसभा भाग लिन पाउने जनाएको छ ।