आगामी चैत १ देखि भृकुटीमण्डपमा २५ औँ फ्लोरा एक्स्पो हुँदै, ७३ वटा स्टल रहने


काठमाडौँ । पुष्प व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘ स्वच्छ वातावरण तथा आर्थिक समृध्दिका लागि पुष्प व्यवसाय ’ भन्ने मूल नारा साथ आगामी चैत १ गतेदेखि ४ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा ‘ २५ औं फ्लोरा एक्स्पो २०८० ’ आयोजना हुने भएको छ।

फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा सञ्चालन हुने प्रर्दशनीमा विभिन्न पुष्प नर्सरी/ फर्म/ संघ संस्थाहरू गरेर ७३ वटा स्टल रहने बताइएको छ। प्रर्दशनीमा करिब ४५० भन्दा बढी प्रकारका फुल विरुवाहरूको प्रदर्शनी तथा खरिद बिक्री हुने आयोजकले जनाएको छ ।

एक्स्पोमा नर्सरी व्यवसायीहरूद्धारा उत्पादित आलंकारिक फूल विरुवा, मौसमी फूल, स्टल सजावट, बगैँचा सजावाट, पुष्प सजावट जस्ता उत्कृष्ट विद्याहरूमा प्रतिस्पर्धा पराउने र पुरस्कृत गरिने फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

फूल फूल्ने तथा नफूल्ने आलंकारिक बिरुवा, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो बीउबिजन, ग्रीनहाउस कृषि औजार, उपकरण, प्याकेजिंगका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रविधी आधुनिक पुष्प खेती प्रविधि र जैविक विषादी लगायतका प्रदर्शनी तथा बिक्री कक्षमा राखिने आयोजकले जनाएको छ ।

एक्स्पो बिहान १०ः०० बजेदेखि साँझ ०५ः३० अवलोकन गर्ने पाउने छन् ।