आइजीआई प्रुडेन्सियलले पुनर्बिमा कम्पनीमा रहेको संस्थापक सेयर बिक्री गर्दै


काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको २० लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

मंगलबारदेखि बोलकबोलमार्फत सेयर बिक्रीमा ल्याएको आइजीआइ आगामी चैत १२ गतेभित्र आवेदन दिनपर्नेछ । न्यूनतम प्रतिकित्ता मूल्य २८० निर्धारण गरिएको उक्त सेयर खरिदका लागि पुनर्बिमा कम्पनीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्ने जनाइएको छ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरे सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ । सेयर खरिद गर्न इच्छुकले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौंमा न्यूनतम मूल्यमा नघट्ने गरी आवेदन पेश गर्न सक्ने जनाइएको छ ।