नेपालको व्यावसायिक क्षेत्रमा परिवर्तन ल्याउने उद्देश्यसहित ‘डिजिटल साहुजी’ सञ्चालनमा


काठमाडौं । नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ।

‘मेक इन नेपाल’ इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले बिहीबारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो।

डिजिटल साहुजीको कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ। डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ। डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैँ व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको कम्पनीले जनाएकाे छ।

यसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ। यसबाहेक उनीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्ने उल्लेख गरेकाे छ।

त्यस्तै विद्यार्थीहरुलाई सँगसँगै सिक्ने र कमाउने अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ। यसअनुसार कम्पनीले विद्यार्थी योजना ल्याएको छ। त्यसमा उनीहरुलाई प्राविधिक र व्यावसायिक तालिम प्रदान गरिने कम्पनीको भनाइ छ। कम्पनीले यस योजनामार्फत व्यावसायिक रुचि र सोच भएका विद्यार्थीलाई आफ्नो आधारभूत प्राविधिक र व्यावसायिक दक्षतायुक्त ज्ञान, सीप र तालिम प्रदान गर्नेछ । जसले उनीहरुंलाई एकैसाथ सिक्ने र कमाउने बनाउनेछ। यस योजनामा आफ्नै व्यवसाय सुरु गर्ने सपना बुनेका विद्यार्थीलाई मार्गदर्शन र सहयोग गर्नेछ।

यसबाहेक कम्पनीले ग्राहकका लागि आधिकारिक प्रडक्ट्सको प्रतिबद्धता जनाएको छ। यसअनुसार ग्राहकले कम्पनीमार्फत सही र आधिकारिक आईटी प्रडक्ट्समा आफ्नो घरको ढोकामै डेलिभरीको सुविधा पाउनेछन्।

कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन शपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ। त्यसका अतिरिक्त कम्पनीले ग्राहक सपोर्ट टिम खडा गरेको छ। जसले ग्राहकलाई आवश्यक कुनै पनि सहयोग उपलब्ध गराउनेछ।

यसले नाम अनुसारको काम अर्थात भिन्न व्यवसायलाई प्रविधिसँग जोडेर तिनीहरुलाई डिजिटलाइजेसन गर्ने कम्पनीका संस्थापक तथा सिईओ राजन न्यौपानेले बताए।

डिजिटल साहुजी औपचारिक रुपमै विविध ग्राहकमाझ सञ्चालनमा आएको जानकारी गराउँदै उनले भने, “हामी तपाईंको सपना पूरा गर्न आएका छौँ। आईटी प्रडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित इकमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो। हामी पसल सञ्चालक, विद्यार्थी र सूचना प्रविधिबारे उत्सुकहरुमाझ तपाईंको ढोकामै हामी आधिकारिक प्रडक्टहरु डेलिभरी सेवा उपलब्ध गराउनेछौँ। हाम्रो भिजन भनेको हरेक व्यक्तिका लागि आईटी शपिङलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभई उहाँहरुको शपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पु¥याउने पनि हो।”

डिजिटल साहुजीले अथेन्टिक प्रडक्ट डेलिभरी गर्नेदेखि भरपर्दो व्यावसायिक सेवा उपलब्ध गराउने उनले बताए । उनका अनुसार अनुसार डिजिटल साहुजीले ग्राहक, खुद्रा बिक्रेता, इम्पोर्टर, विद्यार्थी र युवाहरुको समस्याकालागि उपयुक्त समाधानहरुको वातावरण सिर्जना गर्ने र ग्राहकहरुलाई आफ्नै घरनजिकको डिजिटल साहुजीको डिलरबाट सामान भेरिफाई गरी खरिद गर्न पाउने सुविधा दिनेछ।

डिजिटल साहुजीबाट सामान खरिद गर्दा ग्राहकहरुले कस्टुमर सपोर्टको लागि सहज पहुँच, छिटो र सुरक्षित डेलिभरीका साथै नेपालभर जुनसुकै डिजिटल साहुजीका डिलरहरुबाट एक्सचेन्ज र वारेन्टी लिनसक्ने सुविधा पाउनेछन् । खुद्रा व्यापारीहरुले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरु गर्न सक्नेछन्।

डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरुले व्यवसाय सुरु गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसर पाउनेछन्।

कम्पनीले भनेको छ, ‘हामीले व्यवसायहरुलाई डिजिटलाइजेसन गराई व्यापार वृद्धि गर्न सहयोग गर्नेछौँ। हामी व्यवसायीहरुलाई एक्सचेन्ज एवं इन्स्योरेन्सको पनि सुविधा दिन्छौँ। इम्पोर्टरहरुले डिजिटल साहुजीसँगको सहकार्यमा बजारमा भएको बिक्री विवरण तथा बजारमा बढी र कम बिक्री भइरहेको सामानहरुका बारेमा वास्तविक तथ्यांक प्राप्त गर्न सक्छन्। त्यस्तै ग्राहकहरुका वास्तविक प्रतिक्रिया संकलन गरी आफ्नो सामानहरु मागअनुसार बजारमा पठाएर सामान गोदाममै थन्किने, समयमा पेमेन्ट नआउने लगायतका समस्याबाट उनीहरु मुक्त हुनसक्छन्।”

डिजिटल साहुजीले विद्यार्थी र युवावर्गबिच व्यावसायिक तथा प्राविधिक तालिम प्रदान गरेर व्यापारिक परिदृश्यमा परिचित गराई उनीहरुलाई स्वदेशमै उज्वल भविष्य निर्माण गर्न र स्वरोजगार बनाउन सहयोग गर्ने संकल्प लिएको छ। डिजिटल साहुजीको साथमा व्यवसायीहरुले व्यावसायिक यात्रामा आउने कठिनाइहरुलाई चिर्दै आफ्नो व्यापार वृद्धि गर्न सक्नेछन्। डिजिटल साहुजीको उद्देश्य नै नेपालका व्यवसायीहरुलाई आफ्नो पूर्ण दक्षता हासिल गराउनु र ग्राहकहरुलाई ग्राहककेन्द्रित, विश्वासिलो र भरपर्दो अनलाइन शपिङको नयाँ अवसर प्रदान गर्नु रहेकाे जनाएकाे छ ।

यसले सामान नपाउनु, एक्सचेन्ज सुविधा नपाउनु, डेलिभरीमा ढिलासुस्तीजस्ता समस्याहरुको समाधान गर्ने कम्पनीको दाबी छ।