नेप्से ९ अंकले बढ्यो, १ अर्ब ८६ करोडको कारोबार


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजारमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ६ वटा उपसमुह बढेका छन् भने बाँकी ७ वटा उपसमुह घटेका छन् ।
मंगलबार नेप्सेमा कारोबार रकमका आधारमा सोनापूर मिनरल्स एण्ड आयल लिमिटेड अग्रस्थानामा रहेको छ ।

कम्पनीको १४ करोड १९ लाख ६२ हजार ६ सय ९० रुपैयाँको कारोबार भएको छ।

मंगलबार नेप्सेमा बोटलर्स नेपाल लिमिटेड बालाजुका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १७ हजार ८ सय ५५.५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आजको दिन चिरखवा हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.०६ प्रतिशतले घटेको छ ।

कुल ३०८ कम्पनीको ५करोड २३ लख ९ हजार ४ सय १६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।