दुग्ध उत्पादक किसानद्वारा देशभर चक्काजामसँगै विरोध प्रदर्शन


काठमाडौँ । केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्वमा (आज) बिहीबार देशका विभिन्न स्थानमा चक्काजाम गरेका छन् । संघले ४० वटा जिल्लाका विभिन्न स्थानमा चक्काजाम गरेको हो ।

संघले देशभर बिहान १० बजे देखि १२ बजेसम्म चक्काजाम गर्ने घोषणा गरेको थियो ।

आगामी दिनमा पनि चरणबद्ध आन्दोलन गर्ने संघले जनाएकाे छ। संघले गत मंगलबार ७७ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा नारा जुलुस धर्नासहित हित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइएको थियो ।

भारतबाट दुध र दुग्धजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न, दुधको बक्यौता रकम तुरुन्त भुक्तानी गर्न, दुधको खरिद मूल्य मात्र निर्धारण गरिएकोमा बिक्री मूल्य समेत निर्धारण गर्न किसानले माग गरेका छन् ।

संघका अनुसार दुध किसानले ५ महिनाको करिब ६ अर्ब रकम भुक्तानी पाउन बाँकी रहेको छ ।