नेप्सेमा लाग्यो दोस्रो सर्किट ब्रेक, ४० मिनेटको लागि कारोबार स्थगित


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोस्रो सर्किट ब्रेक लागेको छ । सोमबार नियमित कारोबार सुरु भएको २४ मिनेटमा दोस्रो सर्किट ब्रेक लागेको हो । नेप्से सूचक ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगित भएको छ ।

११ बजार २४ मिनेट १५ सेकेण्डमा सेयर मापक सूचक नेप्से परिसूचक ५ प्रतिशतले बढेको २०५९ को अंकमा पुगेको छ ।

आज ११ बजेर ३ मिनेटमा नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो । पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट भित्र मै दोस्रो सर्किट ब्रेक लागेको हो ।

पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुनेछ । त्यस्तै दोस्रो घण्टा भित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुनेछ । र तेस्रो घण्टा भित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुनेछ ।

सरकार परिर्वतनसँगै नेकपा एमालेसहितको सरकार बन्ने भएपछि शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । बजारमा अर्थमन्त्रीमा वर्षमान पुन वा विष्णु पौडेलको चर्चासँगै बजारमा लगानीकर्ताको मनोबल वृद्धि भएको जानकारहरु बताउँछन् ।