सुनको मूल्यमा नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँमा पुगेर नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेर छापावला सुन प्रतितोला १ लाख २३ हजार रुपैयाँ र तेजावी सुन १ लाख २२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १ हजार १४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।