तोलामा ८०० रुपैयाँ बढ्यो सुनको मूल्य


काठमाडौँ । आज बिहिबार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर प्रतितोला एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन तोलाको एक लाख २५ हजार २०० रुपैयाँ रहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने ह्वातै बढेको छ । महासंघका अनुसार बुधबार तोलाको १४६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज बिहिबार तोलामै ५० रुपैयाँ बढेर प्रतितोला १५१५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।