सूचना प्रविधि सेवा प्रवाह प्रदान गर्न सहकारी लागि परेका छन्ः उपरजिष्ट्रार उपाध्याय


काठमाडौँ । सहकारी विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले सूचना प्रविधि सेवा प्रवाह प्रदान गर्न सहकारी लागि परेको बताएका छन् ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै उनले सहकारीले दिने सेवालाई सहज बनाउन डिजिटल सेवा प्रयोग गर्नु सकारात्मक रहेको बताएका हुन् ।

साथै उनले डिजिटल कन्क्लेभले सहकारीमा सहज तरिकाले क्षेत्रगत तथ्यांक राख्ने सहज हुने बताए । ूसहकारी क्षेत्रमा विभिन्न प्रकारका सफ्टवेयर प्रयोग गरिरहेका छन । अझै पनि धेरै सहकारीले यसको प्रयोग गरेका छैनन् । यसको विस्तार गर्न आवश्यक छ । डिजिटल साधनहरुको प्रयोग गर्दा सम्बन्धीत विभागसंग सहकार्य गर्नु तयार छौं ।ू

बचत सुरक्षा र गोपनियता मुख्य रहेको बताउँदै उनले भने, ूसहकारीलाईङ सरकारले अर्थतन्त्रको खम्बाको रुपमा लिएको छ । राज्यले खोजेको डिजिटल सेवा विस्तार नै हो । यस्ता सेवा स्तरिकरन गर्दै प्रयोग गर्नु पर्छ ।ू