फ्लोरा एक्स्पोको दोस्रो दिन, करिव २३ हजारले गरे अवलोकन (फोटोफिचर)


काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा हिजो (विहिबार) देखि सुरू भएको २५ औं अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोमा २३ हजारले अवलोकन गरेका छन् । त्यस्तै दुई दिनसम्म ५० लाखकाे काराेबार भएकाे फ्लाेरिकल्चर एसाेसिएशन नेपालले जनाएकाे छ ।

“स्वच्छ वातावरण तथा आर्थिक समृद्धिको लागि पुष्प व्यवसाय” भन्ने नाराका साथ संचालन गरिएकाे एक्स्पाे चैत ४ गतेसम्म हुनेछ ।

उक्त एक्स्पोमा व्यवसायीक स्टल ५० वटा, ल्याण्डस्केपिङ्ग स्टल ३ वटा, अफिसियल स्टल ८ वटा, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ वटा, र १ वटा फूड स्टल सहित जम्मा ७३ वटा स्टल रहने आयोजकले जनाएको छ ।

मेलामा मौसमी फूल, फूल्ने तथा नफूल्ने आलंकारीक बोट बिरुवाहरू, कट फ्लावर, सुनाखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री लगायत अन्य प्रदर्शनी तथा विक्री कक्षा रहेको छन् ।