काठमाडौं । नेपालको कुल जनसंख्यामध्ये ६५ प्रतिशत जनसंख्या आर्थिकरुपमा सक्रिय रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आइतबार (आज) सार्वजनिक गरेको प्रतिवेदनअनुसार दश वर्ष वा माथिका कुल जनसंख्याको करिब दुई तिहाई अर्थात ६५ प्रतिशत जनसंख्या आर्थिकरुपमा सक्रिय रहेको छ ।
आर्थिक रुपमा सक्रिय जनसंख्यामध्ये ७१ प्रतिशत पुरुषहरु रहेका छन् भने ६० प्रतिशत महिलाहरु रहेका छन् । जुन महिलाको तुलनामा ११ प्रतिशतले बढी हो ।
प्रदेशतर्फ कर्णालीप्रदेशमा सबैभन्दा धेरै ७२ प्रतिशत जनसंख्या आर्थिकरुपमा सक्रिय छन् भने सबैभन्दा कम ५७.३ प्रतिशत जनसंख्या मधेशमा सक्रिय रहेका छन् । त्यस्तै कोशीमा ७१ प्रतिशत जनसंख्या आर्थिकरुपले सक्रिय रहेका छन् ।
कार्यालयका अनुसार नेपालमा १० वर्ष वा सोभन्दा माथिका जनसंख्यामा १२ महिनामा ६ महिना भन्दा बढि समय काम गर्ने वा काम खोज्ने आर्थिक रुपमा सक्रिय जनसंख्या ९३ प्रतिशत रहेको छ । जसमा पुरुष ९३.८ प्रतिशत रहेका छन् भने महिला ९२ प्रतिशत भन्दा बढि रहेका छन ।
रोजगारीको अनुपात सबै भौगोलिक क्षेत्रहरु, नगर, गाउँपालिकाहरु र प्रदेशहरुमा लगभग समान देखिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्