अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश


काठमाडौं । प्रतिनिधि सभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश भएको छ ।

सोमबारको प्रतिनिधि सभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आई एस ए) को स्थापनासँग सम्बन्धित सम्झौता पेश गरेका हुन् ।

सम्झौता संसदमा पेश गर्दै मन्त्री बस्नेतले सौर्य उर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरु राष्ट्रहरुमा उर्जा पहुँच बढाउन उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको बताए।

मन्त्री बस्नेतले यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०८० वैशाख १९ मा स्वीकृत प्राप्त भएको बताए ।

बस्नेतले भने, ‘, सौर्य उर्जा प्रविधहरु प्रयोग गरी सदस्यहरु राष्ट्रहरुमा उर्जा पहुँच बढाउन उर्जा सुरक्षा सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रुपमा स्थापित आइएसएसँग सम्बन्धित करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आइएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसदमा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रीपरिषद्बाट मिति २०८०, १, १९ मा स्वीकृत प्राप्त भएकाले प्रतिनिधि सभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद प्रतिनिधि सभा समक्ष प्रश्तुत गर्दछु ।’

मन्त्री बस्नेतले प्रतिनिधि सभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आई एस ए० को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद प्रतिनिधि सभा समक्ष प्रस्तुत गरेका थिए ।